‘स्वास्थ्य क्षेत्रमा सुधार आवश्यक छ’
काठमाडाैं | साउन १४, २०७९
काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले स्वास्थ्य क्षेत्रमा सुधारको खाँचो रहेको बताउनुभएको छ ।
एकीकृत स्वास्थ्यकर्मी सङ्गठन नेपालको उपत्यका भेलालाई आज सम्बोधन गर्दै उहाँले स्वास्थ्यकर्मीका समस्या सम्बोधन तथा स्वास्थ्य क्षेत्र सुधारमा आफू लाग्ने बताउनुभयो ।
स्वास्थ्यकर्मीका समस्या समाधान र स्वास्थ्य क्षेत्रमा सुधारको अनुभुति दिलाउने गरी आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले भन्नुभयो, “सेवाग्राहीले अनुभुति गर्नेगरी सुधारका कदम चालिन्छ ।” राज्यमन्त्री केसीले अहिले पनि गाउँ–गाउँमा सहज र सर्वसुलभ स्वास्थ्य सेवा पुग्न नसकेको भन्दै त्यसका लागि योजना बनाउन आफू लागिरहेको बताउनुभयो ।
तनहुँ । गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड...
पोखरा: ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ । गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...
पोखरा । तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...

